Logo

बैंक / बिमा /शेयर

गभर्नर सिफारिस समितिमा एमालेको बहुमत: महाप्रसाद अधिकारी सदस्य नियुक्त


gdpnepal
   १७ बैशाख २०८२, बुधबार


काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएका छन् । 

बुधबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई सदस्य नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सोही समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सो पदमा अधिकारीलाई नियुक्त गरिएको छ ।

१० चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिमा कांग्रेस निकट अर्थशास्त्री डा. विश्व पौडेल सदस्य छन् ।

अधिकारी सत्तारूढ नेकपा एमाले निकट हुन् भने उनको नियुक्तिसँगै समितिमा एमालेको बहुमत पुगेको छ । यसअघि राजीनामा गरेका पूर्वगभर्नर भट्टराई भने राजनीतिक रूपमा स्वतन्त्र मानिन्छन् ।

अधिकारीको इन्ट्रीले गभर्नर सिफारिस थप जटिल बन्छ वा सहज निकास पाउँछ भन्नेमा सन्देह छ। 

सत्ता साझेदार दलबीच कांग्रेसको सिफारिसमा गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति बने पनि उनलाई रोक्न अनेकौँ प्रपञ्च भैरहेको छ। 

भट्टलाई नियुक्त गर्न अदालतले बाटो खोलिसकेको र दलीय सहमति रहेको अवस्थामा समितिको भूमिका भने त्यति महत्वपूर्ण हुने देखिँदैन ।

चैत २४ गते गभर्नर अधिकारीको कार्यकाल सकिएपछि डेपुटी गभर्नर निलम ढुंगानाले कामुको रुपमा जिम्मेवारी सम्हालेकी छन् । 

ढुंगाना आफैं विभिन्न शक्तिकेन्द्रको  इशारामा भट्टलाई रोकेर आफैँ गभर्नरको दाबेदारीमा छिन् ।

 

प्रकाशित : १७ बैशाख २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह