काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ४६ सय रुपैयाँले घटेर १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर १९ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १९ सय ६५ रुपैयाँ रहेको थियो ।








प्रतिक्रिया