Logo

कर्पोरेट-बजार

कतारमा नेपाली कम्पनीले पायो प्रतिष्ठित ‘सीएसआर अवार्ड-२०२५’


GDP नेपाल
   १८ बैशाख २०८२, बिहिबार


कतारमा एक नेपाली चेलीले सञ्चालन गरेको कम्पनीले प्रतिष्ठित ’कतार सीएसआर अवार्ड–२०२५’ प्राप्त गरेको छ । महोत्तरीकी यासमिन नाजको कम्पनी क्युएसटी ट्रेनिङ एन्ड कन्सलटेन्सीले यो अवार्ड प्राप्त गरेको हो ।

कतारको राजधानी दोहामा बुधबार साँझ आयोजित सीएसआर सम्मिटका अवसरमा सीएसआर प्रमुख डा. सैफ अलि अलहजरीको हातबाट यासमिनले अवार्ड ग्रहण गरिन् । कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीको संरक्षणमा कतार विश्वविद्यालयलगायतले यो पुरस्कार वितरण गर्छ ।

सीएसआर अवार्ड कतारको सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने कम्पनी तथा संस्थाहरूलाई प्रदान गरिन्छ । योसँगै यासमिनको यो कम्पनी सीएसआर अवार्ड प्राप्त गर्ने पहिलो नेपाली स्वामित्वको संस्था बनेको छ ।

यासमिनको कम्पनीले कतारमा रहेका नेपालसहित भारत, फिलिपिन्स, श्रीलंका, अफ्रिकालगायतका देशका विभिन्न क्षेत्रमा कार्यरत कामदारहरूलाई सशुल्क तथा निशुल्क रूपमा शीपमुलक र वृत्ती विकासका लागि तामिल प्रदान गर्ने काम गर्दै आएको छ ।

यो अवार्ड आफ्नो कम्पनीको मात्र नभइ नेपालकै लागि गर्वको विषय भएको यासमिन बताउँछिन् । ’हामीलाई विदेशमा हेर्ने दृष्टिकोण फरक छ, तर यसले हामी पनि अब्बल, सक्षम अनि सबै कुराको हकदार हौं भन्ने कुराको संदेश दिएको छ, यो नेपालकै लागि गर्वको विषय लाग्छ ।’

प्रकाशित : १८ बैशाख २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह