काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिन सक्नेछन् ।
तोकिएको समयमा संस्थापकहरुबाट सेयर खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।










प्रतिक्रिया