Logo

कर्पोरेट-बजार

एकै दिन ५ हजार ३ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २३ बैशाख २०८२, मंगलबार


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार ३ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार ३ सयले बढेर एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको एक लाख ८४ हजार ६०० मा कारोबार भएको थियो ।

आज चाँदी मूल्य पनि बढेको छ । सोमबार १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १ हजार ९ सय ६५ रुपैया कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २३ बैशाख २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह