Logo

कर्पोरेट-बजार

सामाजिक सञ्जाल र आत्मअनुशासन विषयक जनचेतनामूलक कार्यक्रम सम्पन्न



GDP नेपाल
   २६ बैशाख २०८२, शुक्रबार


काठमाडौँ । अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको आयोजनामा सामाजिक सञ्जाल र आत्मअनुशासन विषयमा जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ र संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।


क्लबका सचिव प्रस्तुतकर्ता एवं मिडिया विज्ञ सरोज ओझाले स्वागत मन्तव्यसहित सामाजिक सञ्जाल र आत्मअनुशासन शीर्षकमा प्रस्तुती दिँदै आत्मअनुशासनका व्यवहारिक उपायहरू र डिजिटल डिटक्सको अभ्यासबारे जानकारी गराए।

ओझाले समाजमा मौलाउँदै गएको विकृति रोकथाममा सघाउ पुगोस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताउदैँ भने ”हामीले प्रविधिको प्रयोग त गरिरहेका छौं, तर त्यसलाई विवेकपूर्वक र उद्देश्यसहित प्रयोग गर्न सिक्नु आवश्यक छ, समाजमा सामाजिक संजालले निम्त्याउन सक्ने जोखिम, मौलाउँदै गएको विकृति आदिको नियन्त्रण तथा रोकथामका निम्ती हामीले बेलैमा सचेत रहँदै आवश्यक कदम चाल्न उत्तिकै आवश्यक छ ।“


त्यस्तै, अप्टिमिष्ट क्लब इन्टरनेशनल एसिया डिष्ट्रिकका महासचिव ऋषिश्वर थपलियाले युवा पुस्ता सबैभन्दा धेरै प्रभावित वर्ग भएकोले उनीहरूमा आत्मअनुशासनको विकास हुन अत्यावश्यक छ भन्ने कुरा माथि जोड दिए । उनले सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगबीचको सन्तुलनबारे चिन्ता व्यक्त गर्दै आत्मअनुशासनको खाँचो औंल्याए। साथै उनले अप्टिमिस्टिक इन्टरनेशनलको बारे पनि जानकारी गराएका थिए ।

त्यस्तै, अप्टिमिष्ट क्लब इन्टरनेशनल एसिया डिष्ट्रिकका कोषाध्यक्ष विजय सत्यालले आफ्नो भनाई राख्ने क्रममा भने“ हामीले यदि समय र प्रयोगमा नियन्त्रण राख्न सक्यौं भने सामाजिक सञ्जाल आर्थिक र सामाजिक उन्नतिको साधन बन्न सक्छ” ।


शिक्षाविद् तथा युरेका स्कूलका प्राचार्य प्रभाकर रिजालले कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल लक्ष्य नभई , लक्ष्यमा पुग्न प्रयोग गरिने एक साधन मात्र भएकाले यसलाई सोही अनुरुप प्रयोग गर्नुपर्ने बताए ।


काठमाडौं जेसिजका अध्यक्ष श्याम कुमार घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक चेत​नाका लागि य​स्ता कार्य​क्र​म​ आयोज​नाले म​ह​त्व​पूर्ण​ योग​दान​ पुग्ने उल्लेख​​ गर्नुहुँदै स​बैले सामाजिक स​ञ्जाल​ प्र​योग​ ग​र्दा बिशेष​ साव​धानी अप​नाउन​ आग्र​ह​ समेत​ गरे ।


कार्यक्रमका सभापति तथा अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्सका अध्यक्ष प्रल्हाद दाहालले जनचेतनामूलक कार्यक्रमको माध्यमबाट सामाजिक विकृतिलाई रोक्ने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै भने “सामाजिक सञ्जाललाई नियन्त्रणमा राख्न नसके समाजमा गम्भीर प्रभाव पर्न सक्छ भन्ने बोधका साथ जनचेतनामूलक कार्यक्रमको माध्यमबाट सामाजिक विकृतिलाई रोक्ने प्रयास स्वरुप आजको कार्यक्रम आयोजना गरिएको हो ।”

साथै उनले कार्यक्रमले डिजिटल जीवनशैलीमा सन्तुलन कायम गर्न आवश्यक चेतना फैलाउन सफल हुने पनि जनाए।


कार्यक्रममा अधिव​क्ता भ​द्र​माया दाहालले सामाजिक सञ्जाल समाजको ऐना भएकाले यसको प्रयोग गर्दा आफनो र अरुको छविलाई धुमिल हुन नदिने तर्फ बिशेष ध्यान दिनुपर्नेमा जोड दिए ।


सञ्चारकर्मी प्रमिला खतिवडाले संचालकको भूमिका निभाउएको यस कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, कृषि तथा पशु पंक्षि व्यवसायी संघका अध्यक्ष टिका प्रसाद घिमिरे, नव प्रभात डेरी उद्योगका प्रबन्ध निर्देशक सुरेश शर्मा, दृष्‍य बहुउदेश्यीय सहकारी संस्थाका सचिव एवं क्लबका उपाध्यक्ष रमेश सन्जेल, समानन्तर ग्रुपका निर्देशक श्रीकृष्ण भण्डारी, नेती डेरी उद्योगका निर्देशक दिपक सन्जेल, नेती बेकरीका निर्देशक हुद्दराज तिमल्सिना, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहाल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २६ बैशाख २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह