Logo

कर्पोरेट-बजार

राउन्डटेबल नेपालद्वारा मदन-आश्रित आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान


GDP नेपाल
   २६ बैशाख २०८२, शुक्रबार


काठमाडौं । अन्तर्राष्ट्रिय संस्था राउन्डटेबल नेपालले ‘एजुकेटर चाइल्ड’ कार्यक्रम अन्तर्गत एक हजार एक सय ११ विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । शुक्रबार बुढानिलकण्ठस्थित मदन–आश्रित आदर्श माध्यमिक विद्यालयमा ‘एजुकेटर चाइल्ड’ कार्यक्रम सुभारम्भ गरिएको हो । 

सो कार्यक्रम अन्तर्गत राउन्डटेबल नेपालले आज मदन–आश्रित आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ भने सोही विद्यालयका ११ जना विद्यार्थीलाई छात्रवृत्ति समेत उपलब्ध गराएको छ । 

कार्यक्रमपछि नेपाल न्यूजबैंकसँगको कुराकानीमा संस्थाका अध्यक्ष प्रवेश अग्रवालले पिछडीएका वर्गका विद्यार्थीहरुलाई शिक्षाबाट बञ्चीत नगराउने उद्देश्यले उक्त कार्यक्रमको सुरु गरिएको जानकारी गराए । 

कार्यक्रमअन्तर्गत नेपालभरी नै राउनटेबलको उपस्थिति रहेको ठाउँबाट संकलन गरेर मदन–आश्रित आदर्श माध्यमिक विद्यालयका एक हजार एक सय ११ विद्यार्थीलाई छात्रावृत्ति दिने उनले जानकारी दिए । 

उनले भने, ‘अलिकति पछि परेको वर्ग जुन हुन्छ । तिनिहरुलाई भोलीको भविष्यमा के गर्न सक्छौं । भनेर एउटा कार्यक्रम सुरु गर्यौ । एजुकेटर चाइल्डको कार्यक्रम छ । जसमा उनीहरुले वर्षभरीको पढाई शुल्क तिर्ने पार्टबाट हामी स्पोन्सर गछौं । नेपाल अधिराज्यभरीको जहाँजहाँ राउनटेबलको उपस्थिति छ । त्यहाँबाट संकलन गरेर एक हजार एक सय ११ विद्यार्थीलाई एकाडेमिक गर्ने यो कार्यक्रम लञ्च गर्दै छौं । विगत ४ –५ वर्षदेखि नै सुरु भएको हो र यो ठूलो हुँदै गएको छ ।’

त्यस्तै, उनले समाजबाट केही ग्रहण गर्नेमात्र नभई योगदान पनि पुर्याउनुपर्छ भन्ने मान्यताले आफूहरुले सेवा प्रदान गरिरहेको बताए । उनले संस्थाले ४० वटा स्कुलहरुमा चार सय भन्दा बढि कक्षा कोठा बनाएर सेवा दिइसकेको बताए । 

उनले भने, ‘केही कुरा ग्रहण गर्नेमात्र होइन् । केही योगदान पनि दिऊ भन्ने हिसाबले यो सेवा दिइरहेका छौं । ४० नपुगेका युवाहरुले समाजमा योगदान पुर्याउने हिसाबले सेवा दिइरहेको छौं । हामीले चार सयभन्दा बढि कक्षा कोठा बनाएर सेवा दिएका छौं । शिक्षाको क्षेत्रमा विगत २५ वर्षदेखि हामीले कम्तिमा ४० वटा स्कुलहरुमा सेवा प्रदान गरेको छ ।’

त्यस्तै, बुढानिलकण्ड नगरपालिका प्रमुख मिठाराम अधिकारीले शैक्षिक क्षेत्रमा राउन्डटेबलले गरेको योगदानप्रति आभार व्यक्त गरे । 

प्रकाशित : २६ बैशाख २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह