अर्गा भगवती भेञ्चर्स प्रा.लि. र कुमारी क्यापिटल लिमिटेडबीच सहकार्य सम्झौता सम्पन्न भएको छ।
जसअन्तर्गत अर्गा भगवतीको नवीकरणीय सौर्य परियोजनालाई संस्थागत परामर्श सेवाअन्तरगत वे टु लिष्टिङमार्फत कम्पनीलाई सूचीकरण हुँदासम्म गर्नुपर्ने सम्पूर्ण कार्य गर्न नियमक निकायसँगको समन्वयमा पूरा गर्ने गरी कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
अर्गा भगवती भेञ्चर्सले हाल अर्घाखाँची जिल्लामा १० मेगावाटको नवीकरणीय सौर्य ऊर्जा उत्पादनको निर्माण कार्य अनवरत रुपमा अगाडि बढाइरहेको छ। छोटो समयमा आयोजनाका सम्पूर्ण कार्यहरु सम्पन्न गरी विद्युत उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गरी देशको आर्थिक समृद्धीमा टेवा पुर्याउने र स्वच्छ वातावरण प्रवर्द्धन गर्ने लक्ष्य रहेको जानकारी कम्पनीका अध्यक्षले प्रकाश पारे।
हालै मात्र वित्तीय व्यवस्थापनको रुपमा प्राइम कमर्सियल बैंक लिमिटेडमार्फत व्यवस्थापिकीय क्लोर्स सम्पन्न गरिसकेको छ। सम्झौतामा अर्गा भगवती भेञ्चर्सका सञ्चालक समितीका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे।










प्रतिक्रिया