Logo

अर्थनीति

उत्पादनमा आधारित कृषि कागजमा मात्र सीमित: डा.महत


gdpnepal
   १ जेष्ठ २०८२, बुधबार


 

काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले उत्पादनमा आधारित कृषि काजगमा मात्र सिमित भएको बताएका छन् ।  

मंगलबार आर्थिक रुपान्तरणको मार्गचित्र विषयक कार्यक्रममा बोल्दै उनले देश कृषि प्रधान भएको तर त्यसमा बजेट पनि कम हुने त्यो पनि कार्यान्वयनमा नजाने बताएका हुन् ।  

विनियोजनको मुख्य कुरा यो बजेटमा आउनुपर्छ र त्यसलाई कडाईका साथ पालना गर्नुपर्छ । उत्पादनमा आधारित कृषि भन्छौ तर उत्पादन देखाउ न कागजी देखाएर हुदैन तीन पटकसम्म घुमाईफिराई त्यही कागजी मात्र त्यो नी बल्ल आयो तर कार्यान्वयनमा जाला न जाला मलाई लाग्छ यो कृषिको क्षेत्रमा लागानी नै छैन कर पनि आउदैन, उनले भने । महतले विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनाइदिनुपर्ने बताए ।

यस्तै, नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले देशको आर्थिक विकासको लागि आर्थिक नीतिको अहिलेको संरचना परिपार्जन गर्नुपर्ने बताए । उनले यसको लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने बताए ।

प्रकाशित : १ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह