Logo

बिजनेस होम

व्यवसाय, राजनीतिसँगै साहित्यका प्रतिभा सुरेश शिवाकोटीको गीत ‘केलाई हतार’ सार्वजनिक


gdpnepal
   ५ जेष्ठ २०८२, आइतबार


काठमाडौं । व्यवसाय, राजनीतिसँगै साहित्य क्षेत्रका पनि उदीयमान प्रतिभा सुरेश शिवाकोटीको गीत ‘केलाई हतार’ सार्वजनिक भएको छ ।

गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु विसीको सामुहिक स्वर रहेको लोक लयको यो गीतमा गोविन्दकै संगीत छ।

निरेन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गीतकार सुरेशसँगै गायक गोविन्दमधुर, मोडलहरु जुना गरूङ्ग, सञ्चिता बोलाखे, गोविन्द विवस, प्रेमराज लामिछाने र सन्देश थापा लगायतको अभिनय देख्न सकिन्छ।

सुरज भुषालको ब्याकग्राउन्ड स्कोर रहेको गीतको भिडियो चक्र बरालले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन् । एरेन्ज, मिक्सिङ्ग र मास्टरिङ्ग एचवीएन किस्मतले स्टुडियो वनडिवी एचडीमा गरेका छन् ।

गीतरसंगीतमा सधैं रुचि राख्ने शिवाकोटीको यो सांगीतिक कोशेली ‘के लाई हतार’ गोविन्द मधुर आचार्यको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

मौलिक शब्द चयन र भाषा छनोटमा पोख्त शिवाकोटीको गीत निकै मार्मिक छ ।

 

प्रकाशित : ५ जेष्ठ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह