Logo

कर्पोरेट-बजार

लगानिको वातावरण सुनिश्चित गरिदिन आग्रह गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले बुझायो ज्ञापन पत्र


GDP नेपाल
   ६ जेष्ठ २०८२, सोमबार


जनकपुर । उद्योगी व्यवसायीलाई लगानिको वातावरण सुनिश्चित गरिदिन आग्रह गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

आईतबार जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीसहित संघका पदाधिकारी, सदस्य र व्यापारीहरुले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

संघले शनिबार धनुषाको रमदैयास्थित वान्डरल्याण्ड वाटरपार्कमा भएको घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई कारबाही गर्न मागसमेत गरेको छ ।

त्यस्तै, जनकपुरधाममा रहेका उद्योग, कलकारखाना, व्यपारीक प्रतिष्ठान, व्यवपारिक वर्गसमेतलाई आवश्यक सुरक्षा प्रदान गरी लगानिको वातावरण सुनिश्चित गरिदिन ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

त्यस्तै, व्यवसायीहरुको सुरक्षाका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाईसमेत ध्यानाकर्षण गराउने संघका अध्यक्ष भण्डारीले जानकारी दिए ।

शनिबार धनुषाको रमदैयास्थित वान्डरल्याण्ड वाटरपार्कमा विद्यार्थी, व्यवस्थापन र प्रहरीबीच झडप भएको थियो । सो क्रममा पार्कमा लाखौंको क्षतिसमेत भएको थियो । उक्त घटनाले जनकपुरधामका व्यापारीहरुमा सुरक्षाको दृष्टिकोणले यहाँ लगानि सुनिश्चित नभएको आशंका उम्रिएको छ ।

प्रकाशित : ६ जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह