काठमाडौं । सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै, एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि तीन वटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू संचालनमा ल्याएको छ ।
एक हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू संचालनमा ल्याइएको हो । आज देखि यी प्याकहरू लागू भएका छन् ।
भ्वाइस प्याक अन्तर्गत, ग्राहकहरूले सात दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरहरूमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने अल नेपाल कल भ्वाइस प्याक कर सहित मात्र ९९ मा लिन सक्छन् । हप्ताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले ९९ मा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ अल नेपाल एसएमएस समावेश भएको सधैँ अन प्याक लिन सक्छन् ।
यसैगरी डेटा मात्र चाहने ग्राहकले १५० मा १० जीबी उच्च गतिको मोबाइल डेटा सात दिनसम्म प्रयोग गर्न सक्छन् । यी प्याकहरूको प्रमुख विशेषता भनेको हरेक हप्ता प्याक आफै रिन्यु हुने व्यवस्था हो । जसले ग्राहकलाई बारम्बार प्याकहरू लिनुपर्ने झन्झटबाट मुक्त बनाउँछ । ग्राहकहरूले ८१२३८९३ डायल गरी, एनसेल एपमार्फत वा एनसेलका आधिकारिक खुद्रा विक्रेताहरूमार्फत यी प्याकहरू लिन सक्छन् ।
ग्राहकहरूले आफ्नो आवश्यकताअनुसार सजिलै सेवाहरू रोजी झन्झटरहित रूपमा प्रयोग गर्न सकिने बनाउँदै नयाँ प्याकहरू संचालनमा ल्याउन पाउँदा कम्पनी उत्साहित भएको एनसेलले जनाएको छ । सेवाहरू निर्वाध रूपमा प्रयोग गर्न, प्रत्येक ७ दिनको रिन्यूअल अर्थात् नवीकरणको समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनु पर्ने कम्पनीले जनाएको छ ।










प्रतिक्रिया