Logo

बिजनेस होम

होटल संघ नेपाल श्रम मन्त्रालयबाट सम्मानित


gdpnepal
   १३ जेष्ठ २०८२, सोमबार


काठमाडौं । होटल संघ नेपाल श्रम मन्त्रालयबाट सम्मानित भएको छ ।

काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ का सह–आयोजकलाई सम्मान गर्ने क्रममा होटल संघ नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले कदर पत्र सहित सो राष्ट्रिय सम्मेलनको प्रतिक चिन्हबाट सम्मानित गरे ।

होटल संघ नेपालले विभिन्न क्षमता अभिवृद्धि तालिम तथा सिक्दै कमाउँदै २४ महिने तालिम सञ्चालन गरी उक्त रोजगार मेलालाई टेवा पुु¥याए वापत उक्त कदर पत्रले सम्मान गरेको संघका अध्यक्ष विनायक शाहले जानकारी दिए ।

अध्यक्ष शाहले हालै नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा होटल उद्योगमा प्राविधिक क्षेत्रमा के कस्ता तालिम आवश्यक छ सोको निश्चित गरी पाठ्यक्रम तयार गर्दै तालिम आयोजना गरिने पनि उक्त अवसरमा बताए ।

आन्तरिक रोजगारी अभिवृद्धिमा होटल संघ नेपालले आफ्ना देशैभरि छरिएर रहेका होटल प्रतिष्ठानमार्फत उल्लेखनीय रुपमा रोजगारी सृजना गर्न सक्ने पनि उनको भनाइ छ ।

 

प्रकाशित : १३ जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह