काठमाडौँ । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन नो कम्प्रोमाइजको दोस्रो संस्करण सार्वजनिक गरेको छ ।
नो कम्प्रोमाइज को बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सँधै ठाडो हुन्छु भन्ने जनचेतना मुलक सन्देश सहित नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।
स्थापना कालदेखि नै ओ.पी.सी. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको शिवम् सिमेन्टले गुणस्तरप्रति कहिल्यै सम्झौता नगर्ने नीति अवलम्बन गर्दै आएको छ । शिवम् सिमेन्ट सिमेन्ट जगतमै पहिलो पटक NS Quality Award-2019 प्रथम पुरस्कारबाट सम्मानित समेत भएको थियो ।
कम्पनीले हालै सार्वजनिक गरेको अभियानको टिजरले चलचित्रको ट्रेलरझैँ सिनेम्याटिक प्रस्तुति दिएको छ भने सिमन्टको पहिलो विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कम्प्रोमाइज नगरेको स्थितिलाई चित्रण गर्दै, शिवम् सिमेन्टले पनि गुणस्तरमा कहिल्यै कम्प्रोमाईज नगर्ने नीतिलाई प्रतिबिम्बित गरिएको छ ।
शिवम् सिमेन्टका प्रतिनिधीका अनुसार, यस क्याम्पेन अन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरु धेरै भिडियो सामग्रीहरु समेत तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिंदै जाने छन् ।










प्रतिक्रिया