काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ०.८५ अंकले बढेर दुई हजार ६७५.६२ विन्दुमा पुगेको छ ।
बैंकिङ ५, विकास बैंक ८९, हाइड्रोपावर ५ माइक्रोफाइनान्स ५५, व्यापार ४० र उत्पादन उपसमूह २१ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा ६९, फाइनान्स १४, होटल तथा पर्यटन ६, जीवन बीमा ७२ रअन्य उपसमूह ४ अंकले घटेको छ ।
ओम मेगाश्री, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र भूगोल इनर्जीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज गुँरास लघुवित्तको सेयर ७ प्रतिशत भन्दा धेरैले घटेको छ ।
यस दिन ३१८ कम्पनीको एक करोड ४२ लाख कित्ता सेयर ६ अर्ब ५२ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया