Logo

कर्पोरेट-बजार

सोलिडारीदाद नेटवर्कसँँगको सहकार्य प्रतीकात्मक मात्र नभई रणनीतिक पनि हो: अध्यक्ष पाण्डे


GDP नेपाल
   १४ जेष्ठ २०८२, मंगलबार


काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले सोलिडारीदाद नेटवर्क एशिया लिमिटेडसँँगको सहकार्य प्रतीकात्मक मात्र नभई रणनीतिक पनि रहेको जनाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको वस्त्र र रेडिमेड गार्मेन्ट क्षेत्रमा दिगोपनाको प्रवर्द्धन कार्यक्रम’मा स्वागत मन्तव्य राख्दै पाण्डेले सोलिडारीदाद नेटवर्कसँगको सहकार्यले उद्योगमा विद्यमान खाडलहरू हटाउन मद्दत गर्ने र नेपालका गार्मेन्ट क्षेत्रलाई प्रतिस्पर्धात्मक तथा दिगो बजारमा सफलताका साथ अघि बढ्न सक्षम बनाउन सहयोग गर्ने बताएका हुन् ।


“हामीले सोलिडारीदाद नेटवर्कसँग २०२४ डिसेम्बर १३ मा समझदारीपत्रमा हस्ताक्षर गरेका थियौं। यो सहकार्य केवल प्रतीकात्मक होइन, यो रणनीतिक हो। यसले नेपालको रेडिमेड गार्मेन्ट क्षेत्रलाई युरोपियन युनियन लगायत प्रमुख बजारहरूको नयाँ दिगोपनासम्बन्धी मूल्याङ्कन तथा नियमन आवश्यकतालाई सम्बोधन गर्न रुपान्तरण गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ।”, उनले भने
,”क्षमता अभिवृद्धि, कानूनको पालना, प्रविधिमा पहुँच, र ज्ञान साझेदारीमा केन्द्रित यस साझेदारीले उद्योगमा विद्यमान खाडलहरू हटाउन मद्दत गर्नेछ र नेपालका गार्मेन्ट क्षेत्रलाई प्रतिस्पर्धात्मक र दिगो बजारमा सफलताका साथ अघि बढ्न सक्षम बनाउनेछ।”

यो सहकार्यले प्रशिक्षण, कार्यशाला, पाइलट परियोजनाहरू, र सहकार्यात्मक प्लेटफर्ममार्फत साना तथा ठूला सबै प्रकारका उत्पादक तथा निर्यातकर्ताहरूलाई जिम्मेवार र प्रतिस्पर्धात्मक रूपमा वृद्धि गर्न आवश्यक उपकरण, ज्ञान र सहयोग प्राप्त हुने पाण्डेले जनाए ।

“यो सहकार्य नेपालको गार्मेन्ट क्षेत्रलाई थप लचिलो, समावेशी र भविष्यको लागि तयार बनाउने साझा प्रयास हो”, उनले भने ।

प्रकाशित : १४ जेष्ठ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह