Logo

राजनीति

काठमाडौं आइपुगे न्युजिल्यान्डका उपप्रधानमन्त्री


GDP नेपाल
   १५ जेष्ठ २०८२, बुधबार


काठमाडौं । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । 

उनी आज दिउँसो  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै काठमाडौं आइपुगेका हुन् ।

उनलाई  विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरे ।नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । साथै, उनले परराष्ट्रमन्त्री डा. आरुजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो भ्रमण न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीबाट नेपालको पहिलो औपचारिक भ्रमण हो । यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १५ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह