Logo

कर्पोरेट-बजार

युवाहरुलाई आफ्‌नै देशमा सम्भावना खोज्न महासंघ अध्यक्ष ढकालको आग्रह


GDP नेपाल
   १७ जेष्ठ २०८२, शुक्रबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवाहरुलाई आफ्‌नै देशमा सम्भावना खोज्न आग्रह गरेका छन् ।

शुक्रवार देखि काठमाडौंमा सुरु भएको नेपाल जेसीज युवा समिट तथा नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले नेपाल सम्भावना नै सम्भावनाको देश रहेकोले यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

उनले हातमा सीप भएका र केही गर्छु भन्ने जाँगर भएका हरुलाई लगानीको लागि बैंक तथा वित्तीय संस्थाहरु र अन्य सहकार्यका लागि साझेदारहरु रहेको बताए ।

“ म भन्छु ,नेपालमा जति सम्भावना अन्त कतैं छैन् । इमान्दारिताको साथ काम गरे नेपालमा हरेक क्षेत्रमा सम्भावनाहरु रहेका छन् । ती सम्भावनाहरु उजागर गर्न सक्नु पर्दछ । हामीले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्दै यही माटोमा सम्भावना खोज्नु पर्दछ ” उनले भने ।

ढकालले युवा शक्ति देशको मेरुदण्ड भएको र नेपालको कुल जनसंख्याको ठूलो हिस्सा ओगट्ने १८ देखि ४० वर्ष उमेर समूहका युवाहरू ऊर्जा, जोश, सिर्जनशीलता र नवीन सोचले भरिपूर्ण रहेकोले जेसीजले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकाससंगसंगै उद्यमशीलताको क्षेत्रमा पनि अगाडी बढाउँदै लैजानु पर्ने बताए ।

उनले युवाहरूको नेतृत्व विकास तथा सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्ने नेपाल जेसीजको प्रयास अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्द नवप्रवर्तन, उद्यमशीलतामार्फत नेपाललाई समृद्ध, आत्मनिर्भर र गतिशील राष्ट्र बनाउन दिशामा काम गर्न युवाहरुलाई आग्रह गरे ।

प्रकाशित : १७ जेष्ठ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह