Logo

कर्पोरेट-बजार

एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै: देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने अभियान


GDP नेपाल
   २१ जेष्ठ २०८२, मंगलबार


एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लीग अफ क्रिएटर्स’ अभियानको सुरुवात गरेको घोषणा गरेको छ । यसले नेपालभरि फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिइएको छ ।


क्रियट, कम्पिट, कन्क्वेयर भन्ने उत्साहजनक नारासहित सुरु भएको यस प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेहरूलाई ‘माई नेटवर्क, माई कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्दछ । प्रतियोगितामार्फत सहभागीहरूले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् र साथै पुरस्कारका रुपमा एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन् ।


सहभागी प्रतियोगीहरूलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फुडी नेपाल, पराक्रम राणा, एकता तण्डुकारजस्ता सम्बन्धित क्षेत्रका अग्रणी व्यक्तित्वहरू र चर्चित क्रिएटर्सहरूले मार्गदर्शन गर्नेछन् ।


‘यो केवल प्रतियोगिता मात्र होइन, यो त एक सिर्जनात्मक विकास यात्रा पनि हो, जसमा मेन्टरसिप, कार्यशालाहरू, वास्तविक अनुभव लिँदै सिक्ने मौका, चुनौतीपूर्ण चरणहरू र रोमाञ्चक पुरस्कारहरू रहेका छन् । यस अभियानमार्फत, हामी नयाँ पुस्ताका हाम्रा नेपाली डिजिटल सामग्री निर्माताहरूलाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन प्रेरणा दिँदै सशक्त बनाउने प्लेटफर्म दिन चाहन्छौँ । नेपालको डिजिटल इकोसिस्टमको हिस्सा भएको नाताले हामी प्रतिभाको विकास र रूपान्तरणमा सक्रिय भूमिका खेल्न प्रतिबद्धता छौँ,’ एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन् ।


प्रतियोगिताका लागि हिजो शुक्रबार (जेठ १८, २०८२) बाट दर्ता खुला गरिएको छ । यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्षमाथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात् क्रिएटर्सले सहभागिता जनाउन सक्छन् ।

सहभागीहरूले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोस्ट गर्नुपर्छ । यसरी पोष्ट गर्दा क्याप्सनमा एनसेललाई @Ncell ट्याग गर्दै तोकिएको आफ्नो मेन्टर जस्तै #TeamSanjog र #NcellLeagueOfCreators2025 ह्यासट्याग लेखिएको हुनुपर्दछ । भिडियो पोष्ट गर्ने अन्तिम म्याद जेठ २७, २०८२ रहेको छ । भिडियो पोस्ट गर्ने अन्तिम म्याद २७ जेठ २०८२ रहेको बताइएको छ ।
देशभरिबाट प्राप्त हुने भिडियोहरूबाट उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरूले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरसिप प्राप्त गर्नेछन् । यसरी छानिने ५० जना क्रिएटर्स ५ जना मेन्टरको नेतृत्वमा रहने समूहहरूमा विभाजन गरिनेछन् र प्रत्येक समूह एनसेल आइकनमा आयोजना हुने कार्यशालामा सहभागी हुनेछन् ।

यो अभियानमा च्यालेन्ज राउन्ड पनि समावेश छ, जसमा सहभागीहरूले आफूलाई प्रदान गरिएका सिर्जनात्मक ब्रिफिङबमोजिम सामग्री तयार पार्नुपर्ने हुन्छ र विज्ञ निर्णायकहरूले त्यसको मूल्यांकन गर्नेछन् ।
‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले १४ असार २०८२ मा आयोजना गरिनेछ र विजेताको घोषणा गरिनेछ । उत्कृष्ट प्रतिभाहरूलाई मनोरञ्जनात्मक कार्यक्रममाझ सम्मान गरिनेछ । मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्नेछ ।

यस्तै, नेपालका शीर्ष क्रिएटर्सहरूसँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसरहरू यस प्रतियोगिताका थप आकर्षणहरू हुन् ।
साथै, एनसेल र अमेरिकी दूतावासका सम्बन्धित प्रतिनिधिहरूले सहभागी क्रिएटर्सहरूको सामग्रीको मूल्यांकन गर्नेछन् ।
यस प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्दैन । सहभागीहरू अभियान अवधिभर नेपालमै हुनु आवश्यक छ ।

प्रकाशित : २१ जेष्ठ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह