Logo

कर्पोरेट-बजार

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढयो


GDP नेपाल
   २२ जेष्ठ २०८२, बुधबार


काठमाडौं । आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमवार सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला २ हजार ४५ रुपैयाँ थियो ।

प्रकाशित : २२ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह