‘डेकेशन’ र ‘स्टेकशन’ प्याकेज अन्तर्गत आगन्तुकलाई विशेष छुट
काठमान्डौ – नवलपरासीमा अवस्थित उन्नति कल्चरल भिलेजले आगामी ३० जून २०२५ सम्मका लागि विशेष ‘डेकेशन’ र ‘स्टेकेशन’ समर भ्याकेसन प्याकेज सार्वजनिक गरेको छ। नेपालको मौलिक थारू संस्कृति, परम्परागत जीवनशैली र दिगो पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित यी प्याकेजहरू सार्वजनिक गरिएको हो।
शाश्वतधाम नजिकै अवस्थित यो इको-कल्चरल रिट्रीटमा पाहुनाहरूले थारू समुदायको कला, खाना, हस्तकला र कृषि जीवनशैली प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। परिवार, विद्यार्थी, जोडी तथा अन्य यात्रुहरूलाई लक्षित गर्दै उन्नतिले यी प्याकेजहरू ल्याएको हो।
डेकेशन प्याकेजमा एक दिनमै थारू गाउँको संग्रहालय भ्रमण, माटोको हाँडी बनाउन सिक्ने कार्यशाला, उन्नति परिसरको भ्रमण तथा स्वादिलो खाना उपलब्ध गराइनेछ। आम आगन्तुकहरुलाई यो प्याकेज रु १,४०० मा उपलब्ध हुनेछ भने विद्यार्थीका लागि मात्र रु १,२०० मा उपलब्ध हुनेछ ।
स्टेकेशन प्याकेजअन्तर्गत परम्परागत शैलीमा निर्माण गरिएका बासस्थानमा रातभरको बास, मौलिक खाना, सांस्कृतिक अनुभव, रूख रोप्ने, बालमैत्री गतिविधि र मिराया वेलनेस एन्ड गोल्फ रिसोर्टका सुविधा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। एक जनाका लागि थारू कोठाको शुल्क प्रति रात रु ५,५०० तोकिएको छ भने दुई जनासम्मका लागि रु ९,००० कायम गरिएको छ । त्यस्तै, चार जनासम्म बस्न मिल्ने दुई कोठे आर्ट रेसिडेन्सीको शुल्क प्रति रात रु १६,००० रहेको छ।












प्रतिक्रिया