Logo

बैंक / बिमा /शेयर

हिमालयन रिइन्स्योरेन्सको साधारणसभा सम्पन्न


GDP नेपाल
   २७ जेष्ठ २०८२, सोमबार


काठमाडौं। हिमालयन रिइन्स्योरेन्सले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सभा जेठ २५ गते आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समापन भएको हो।


सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको कुल ४.७४ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२४ प्रतिशत नगद लाभांश छन्।


यसै सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव अनुमोदन गरेको छ।

प्रकाशित : २७ जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह