Logo

बैंक / बिमा /शेयर

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औं वार्षिक साधारण सभा सम्पन्न


GDP नेपाल
   २८ जेष्ठ २०८२, मंगलबार


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीको उक्त सभा सोमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो ।

काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । 

सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०÷८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर वितरणसँगै नियमकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्तापूँजी पुग्नेछ । सभाले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।

प्रकाशित : २८ जेष्ठ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह