Logo

कर्पोरेट-बजार

पोखरामा सुनचाँदी व्यवसायीको आन्दोलन जारी


GDP नेपाल
   ३१ जेष्ठ २०८२, शुक्रबार


पोखरा । पोखरामा सुनचाँदी व्यवसायी संघको अगुवाइमा भएको आन्दोलन आज पनि जारी छ । संघले सरकारले सुनचाँदी व्यवसायसँग सम्बन्धित नीतिहरूमा चाँडो सुधार नगरेमा आन्दोलन थप कडा बनाउने चेतावनी दिएको छ ।


बिहीबार संघका प्रतिनिधिहरूले प्रमुख जिल्ला प्रशासन कार्यालय, कास्कीमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् । उक्त पत्रमा व्यवसायीहरूले वर्तमान कर संरचना, सुन आपूर्ति व्यवस्थापनमा आएको समस्या, नियमनको स्पष्ट अभाव लगायतका मुद्दाहरू उठाएका छन् ।


आजको प्रदर्शनमा पोखरा क्षेत्रका सयौं सुनचाँदी व्यवसायीको सहभागिता रहेको छ । उनीहरूले नाराबाजी गर्दै स्थानीय प्रशासनमार्फत सरकारलाई आफ्नो माग पुर्‍याउने प्रयास गरेका छन् ।
संघले आगामी दिनमा चरणबद्ध आन्दोलनको तयारी गरेको जानकारी दिएको छ । यदि माग पुरा नभए कडा कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिइएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह