Logo

कर्पोरेट-बजार

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी स्थिर


GDP नेपाल
   १ असार २०८२, आइतबार


काठमाडौं । नेपाली बजारमा आज(आइतबार) सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चार  सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार चाँदीको मुल्य १५ रुपैयाँले बढेर तोलामा दुई हजार १६५ मा कारोबार भएको थियो ।

प्रकाशित : १ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह