Logo

कर्पोरेट-बजार

नेपाल तयारी पोशाक उद्योग संघको व्यवसायीक प्रतिनिधिमण्डल अष्ट्रेलिया प्रस्थान 


GDP नेपाल
   १ असार २०८२, आइतबार


काठमाडौं । यहि जून १७ देखि १९ तारिखसम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको व्यापार प्रर्दशनीमा भाग लिन १३ सदस्यीय प्रतिनिधिमण्डल शनिबार अष्ट्रेलिया प्रस्थान गरेको छ ।

तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेको नेतृत्वमा अष्ट्रेलिया गएको व्यवसायीक प्रतिनिधिमण्डलले सिड्नीमा हुन गइरहेको व्यापार प्रदर्शनीमा ११ वटा नेपाली स्टलहरु प्रदर्शनमा राख्ने भएको छ । सो स्टलहरुमा नेपाली गार्मेन्टबाट उत्पादित वस्तुहरुलाई प्रदर्शनमा राखिने संघका अध्यक्ष पशुपतिदेव पाण्डेले बताएका छन् । 

“मेलामा नेपाली वस्तुहरुको प्रवर्द्धन, बजार विस्तारका साथै नयाँ, नयाँ ग्राहकहरुको खोजी कार्यलाई सहयोग पुर्‍याउने विश्वास लिएका छौ”, उनले भने “अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै छ, त्यसलाई मध्यनजर गर्दै नेपाली उत्पादनलाई निकासी गर्न सके अष्ट्रेलिया हाम्रो लागि उपयुक्त देशको रुपमा रहने छ ।”

मेलामा संघिय सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुली, उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली, तयारी पोशाक उद्योग संघका कोषाध्यक्ष संजय अग्रवाल (सरार्फ) र सहसचिव वसन्त अधिकारी लगाएतका व्यवसीहरुको सहभागीता रहेको संघले जनाएको छ । 

प्रकाशित : १ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह