काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १.०७ अंकले घटेर दुई हजार ६५३.६८ विन्दुमा पुगेको छ ।
बैंकिङ १, विकास बैंक ६८, फाइनान्स ११, होटल तथा पर्यटन ८०, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा ७५ र व्यापार उपसमूह ६ अंकले घटेको छ । त्यस्तै, हाइड्रोपावर २७, जीवन बीमा १८, उत्पादन २६, ,र अन्य उपसमूह ४ अंकले बढेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज प्योर इनर्जीको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१४ कम्पनीको दुई करोड ३४ लाख कित्ता सेयर ९ अर्ब ८ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया