Logo

बैंक / बिमा /शेयर

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानीका लागि सम्झौता


GDP नेपाल
   ५ असार २०८२, बिहिबार


काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिप तथा नेपाल पे क्युआर मा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।


एनसीएचएलले हालै एनपीएस एनसीएस को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस एनसीएस र नेपाल पे कार्ड मा आवद्ध भइरहेका छन् ।

नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात एक्सेल डेभलपमेन्ट बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।
एनपीएस एनसीएस लाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।


यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका इन्टरअपरेबल क्युआर को मर्चेन्ट क्युआर मा अली पेको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन, इटली, अष्ट्रीया, जर्मनी लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका इन्टरअपरेबल क्युआर मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित : ५ असार २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह