Logo

कर्पोरेट-बजार

एनवाईईएफ काठमाडौं च्याप्टरको नयाँ कार्यसमिति चयन, अध्यक्षमा अप्पा शेर्पा


GDP नेपाल
   ८ असार २०८२, आइतबार


काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा चयन भएका छन् ।

नयाँ कार्यसमितिमा अभिमन्यु गोल्छा निवर्तमान अध्यक्ष, अनुभव श्रेष्ठ प्रथम उपाध्यक्ष र सन्दीप शर्मा द्वतीय उपाध्यक्षमा चयन भएका छन्।

त्यस्तै, सदस्यमा इच्छ्या मल्ल, निखिल अग्रवाल, निर्देश द्वा, सन्तोष पाण्डे, सौरभ श्रेष्ठ, सुरक्षा अधिकारी, वेदिका मुरारका, अमृताञ्जली शाक्य, आङ छेछी शेर्पा, अश्लेशा कार्की र सायन प्रजापति चयन भएका छन् । च्याप्टर ‘को–अर्डिनेटर’को जिम्मेवारी भने अस्मिता घिमिरेले पाएकी छिन् ।

नेपालका युवा उद्यमीहरुको संस्थाका रुपमा क्रियाशील रहेको एनवाईईएफले युवा पुस्ताहरुमा उद्यमशीलता प्रवर्द्धन, नेटवर्क विस्तार र नेतृत्व विकासमा केन्द्रित कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित : ८ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह