काठमाडौँ । शिक्षा, स्वास्थ्य र सामाजीक क्षेत्रमा सेवाभाव प्रदान गर्ने उद्धेश्यका साथ २००१ जुन २८ बाट स्थापित रोटरी क्लब अफ काठमाडौँ वेष्ट स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ । क्लबले हिजो काठमाडौंमा एक भव्य समारोहकाबीच आफ्नो स्थापनाको २५ औ वर्षगाँठ मनाएको हो ।
जम्मा ३४ सदस्यहरुबाट चार्टर गरिएको रोटरी क्लब अफ काठमाडौँ वेष्टमा हाल संस्थापक सदस्यहरु ८ जना रहेका छन् भने ४४ जना सदस्यहरु रहेका छन् ।
क्लबलाई समाजमा चीरपरिचत गराउन, रोटरीको मोटो अनुसार अगाडी बढाउन तत्कालिन चार्टर प्रिसिडेन्ट स्व.हिक्मत बहादुर मालीको भूमीका महत्वपूर्ण रहेको क्लबका पूर्व अध्यक्ष किरण कृष्ण जोशीले बताए । २४ वर्षको अवधिमा क्लबले सामाजीक सेवाका क्षेत्रमा जून भूमीका पुर्याएको छ त्यो अतुलनिय रहेको श्रेष्ठले बताए ।
शुरुवात देखि नै अब्बल क्लबको रुपमा आफूलाई राख्न सफल भएको र काठमाडौँ वेष्टको भूमीका अन्य क्लबको दाजोमा निकै माथि रहेको रोटरी डिष्ट्रिक गर्भनर राजेन्द्रमान शेरचनले बताए ।

त्यस्तै, रोटरी डिष्ट्रिक ३२९२ का गर्भनर राजेन्द्र शेरचनको प्रमूख आतिथ्यतामा क्लबले स्थापनाको २५ औं चार्टर नाइट समेत मनाएको छ ।
सो अवसरमा क्लबको विगतदेखि वर्तमानसम्मका गतिविधिका विषयमा रोटरीयन राजेशकाजी कायस्थले वृतत्रिच प्रस्तुत गरेका थिए भने रोटरीयन सारदाभक्त रञ्जीतले क्लबले सामाजीक क्षेत्रमा गरेका विभिन्न गतिविधिका बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।
क्लबका अध्यक्ष देशकुमार श्रेष्ठले क्लबलाई यहाँसम्म ल्याउन महत्वपूर्ण भूमीका निर्वाह गरेको भन्दै संस्थापक सदस्यहरुलाई कदरपत्र सहित सम्मान गरेका थिए ।
सन् २०२४ देखि ०२५ मा महत्वपूर्ण पदमा रहि कलबको श्रीवृद्धिका लागि महत्वपूर्ण भ्रमीका निर्वाह गरे बापत क्लबका निर्देशकहरुलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताए । क्लबले शिक्षा, स्वास्थ्य, वातावारण र समाजीक कार्यहरुमा महत्वपूर्ण भूमीका निर्वाह गरेको क्लबका प्रिसिडेन्ट श्रेष्ठले जनाए ।








प्रतिक्रिया