Logo

बिजनेस होम

श्रेष्ठ टेलरिङको ५०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न


GDP नेपाल
   १४ असार २०८२, शनिबार


काठमाडौं । नेपालको सर्टिङ–सुटिङ र टेलरिङ क्षेत्रमा पहिलो र एकमात्र आई.एस.ओ. मान्यता प्राप्त संस्था, श्रेष्ठ टेलरिङ सेन्टरले आफ्नो ५०औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ ।

वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका संस्थापक अध्यक्ष सिद्धिविर बज्राचार्य र अतिथिका रुपमा नेपाल टेलरिङ्ग व्यवसायी महासंघका अध्यक्ष सदिस श्रेष्ठ उपस्थित भएका थिए ।

वि.सं. २०३१ मा बागबजारको एउटा सानो कोठाबाट सुरु भएको यो यात्राले आज देशभर सिलाइकला र गुणस्तरीय सेवाको पर्याय बनेको छ । स्वर्ण जयन्तीको अवसरमा सेन्टरले आफ्ना कर्मचारी, मिडिया पार्टनर र व्यवसायीहरूलाई प्रशंसापत्रद्वारा सम्मानित गरेको थियो ।

सानो कोठाबाट सुरु भएको श्रेष्ठ टेलरिङ सेन्टरले आफ्नो व्यवसायलाई आज काठमाडौँको आरोहण कम्प्लेक्स, बागबजार मा रहेको आधुनिक शोरुमसहित मैतीदेवी, चाबहिल, त्रिपुरेश्वर, चुच्चेपाटी र धुम्बाराही जस्ता प्रमुख स्थानहरूमा शाखा विस्तार गरी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । यी पाँच दशकमा श्रेष्ठ टेलरिङ सेन्टरले लाखौँ ग्राहकलाई उच्च गुणस्तरको सिलाइ र ब्रान्डेड कपडा उपलब्ध गराएर सन्तुष्टिको नयाँ मापदण्ड स्थापित गरेको छ ।

संस्थाले ४० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी र ६० जनालाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी प्रदान गरेको छ, जसले बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । साथै, देशको अर्थतन्त्रलाई बलियो बनाउन र कर राजस्व वृद्धिमा पनि सेन्टरको योगदान उल्लेख्य छ ।

श्रेष्ठ टेलरिङ सेन्टरले हरेक उमेर समूह र आर्थिक अवस्थाका ग्राहकलाई ध्यानमा राखी एउटै छानामुनि सबै प्रकारका सिलाइ सेवा प्रदान गर्दै आएको छ । चाहे चाडपर्व, शुभकार्य, स्कूल, कलेज वा कार्यालयका लागि आवश्यक पोशाक होस्, ग्राहकको बजेट र रुचिअनुसार ब्रान्डेड कपडा र उच्चस्तरीय सिलाइ उपलब्ध गराउने प्रतिबद्धताले यो संस्थालाई विशिष्ट बनाएको छ ।

यसैगरी ५०औँ वार्षिकोत्सवको अवसरमा श्रेष्ठ टेलरिङ सेन्टरले ग्राहकका लागि विशेष स्क्र्याच कुपन योजना ल्याएको छ । यो योजनाअन्तर्गत प्रत्येक ग्राहकले सुटपिस, कोटपिस, पाइन्टपिस, ज्वारीकोट, कुर्ता, भित्ते घडी, ब्रान्डेड मोजा, दौरा–सुरुवाल र रु। २०० देखि १,००० सम्मको गिफ्ट भौचर प्राप्त गर्न सक्नेछन् ।

श्रेष्ठ टेलरिङ सेन्टरका संस्थापक अध्यक्ष बाबुकाजी श्रेष्ठले ५ दशकको यात्राको दौरान ग्राहकको सन्तुष्टिमा कहिल्यै सम्झौता नगरेको बताए । उनले कर्मचारीको अथक मेहनत र ग्राहकको अटुट विश्वासले नै श्रेष्ठ टेलरिङ सेन्टर आज यो स्थानमा उभिएको पनि बताए ।

श्रेष्ठ टेलरिङ सेन्टरले आगामी दिनमा पनि ग्राहकको विश्वास र सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै सर्टिङ–सुटिङ र टेलरिङ क्षेत्रमा नवीनता र उत्कृष्टता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित : १४ असार २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह