काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी सदस्यमा तीन व्यवसायी मनोनीत भएका छन् । मनोनीत हुनेमा राजकुमार न्यौपाने, सरस्वती राई र कमलकुमार श्रेष्ठ छन् ।
न्यौपाने महासंघका पूर्वकेन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, श्रेष्ठ महासंघका पूर्वकेन्द्रीय कार्यकारिणी सदस्य एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ पूर्वअध्यक्ष तथा राई नेपाल हर्ब्स एन्ड हर्बल उत्पादक संघ अध्यक्ष एवं महासंघ महिला उद्यमी विकास समिति उसभापति हुन् ।
तीनै जनालाई महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधानको दफा २९ को उपदफा २९.२ को खण्ड (च) १० अनुसार कार्यकारिणी समितिमा मनोनयन गरेका हुन् । अध्यक्ष ढकालले मनोनीत तीनै जना सदस्यबाट महासंघ गतिविधिलाई प्रभावकारी बनाउन सहयोग प्राप्त हुने विश्वास गरेका महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया