Logo

बिजनेस होम

इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याएकी गोमाको डाक्टर बन्ने सपना गुरुङ दम्पत्तिको साथले पूरा हुँदै !


gdpnepal
   १९ असार २०८२, बिहिबार


काठमाडौं । इँटाभट्टामा काम गर्दै एसईई परीषामा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठले भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पत्तिको साथ पाएकी छन् ।

डाक्टर बन्ने सपना बुनेकी गोमालाई गुरुङ दम्पत्तिले एमबीबीएस तहसम्मको अध्ययन गराउने बचन दिएका छन् ।

काठमाडौंको एक इँटाभट्टाको खलामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठले यसवर्षको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेकी थिइन् ।

गोमाको थप अध्ययन र शिक्षाका सम्बन्धमा सञ्चारमाध्यममा खबर सार्वजनिक भएपछि भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराउने बचन दिएका हुन् ।

बिहीबार गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरूङ र श्रीमती सावित्री गुरूङले एकलाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका थिए ।

गुरूङले गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि आफ्नै खर्चमा गराउने प्रतिवद्धता जनाउँदै गुरुङले त्यसपछि एमबीबीएस तहसम्मको अध्ययनका लागि सहयोग गर्ने बचन दिए ।
चाँगुनारायण नगरपालिका–८ स्थित सुडालको एक इँटाभट्टामा बस्दै आएकी गोमाले बिहान बेलुकी इँटा सुकाउने काममा सहयोग गर्दै आएकी थिइन् ।

उनी धान रोपाइँमा मेला गएर फर्किँदा एसईईको रिजल्ट सार्वजनिक भएको र ४ जीपीए प्राप्त भएको जानकारी पाएकी थिइन् ।

समाजसेवाको मानक बनेका गुरुङ दम्पत्तिले यसरी नै धेरैलाई सहयोग गर्दै आइरहेका छन् ।

 

प्रकाशित : १९ असार २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह