काठमाडौँ । सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक अन्य संस्थापक सेयरधनिले ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–४ ललितपुर र सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवेदन दिन सक्नेछन्।
तोकिएको अवधिमा संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया