काठमाडौं । सार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक टीभीएस अपाचे बनेको छ । आजबाट प्रसरण हुने विश्वभर चर्चित अमेरिकी रियालिटी उक्त शो प्रायोजक टीभीएस अपाचे बनेको हो ।
यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आइडियाहरू प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नेछ ।
कम्पनीका अनुसार शार्क ट्याङ्क नेपालको प्रमुख प्रस्तुतिकर्ता ब्रान्डको रूपमा टीभीएस अपाचे आरटीआर १६० एसई रहनेछ । ब्मखभचतष्कझभलत सहकार्यले नेपाली युवा उद्यमीहरू र नयाँ व्यवसायहरूलाई सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ । सार्क ट्याङ्क नेपालले उदाउँदा उद्यमीहरूलाई अघि बढ्न मार्गदर्शन र अवसर दिने बताइएको छ । यी दुईको साझेदारीले नेपालको भविष्यका व्यावसायिक नेताहरूका लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ ।
शोको पहिलो सिजनमा नेपालका पाँच जना ख्यातिप्राप्त उद्यमी तथा उद्योगपति निर्णायकको रूपमा सहभागी हुनेछन् ।
आईएमई समूहका सह–संस्थापक तथा प्रबन्ध निर्देशक, हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक, क्याबिनेट श्रेष्ठ, ज्योति समूहका निर्देशक, सौरभ ज्योति, भोईथ समूहकी प्रबन्ध निर्देशक, ऋतु सिंह वैद्य, र नाइम्बस समूहका प्रबन्ध निर्देशक, आनन्द बगरिया निर्णायकको रूपमा सहभागि हुने बताइएको छ । यी पाँच व्यावसायिक व्यक्तित्वको अनुभव र दृष्टिकोणले देशभर नयाँ उद्यमशीलता चेतना जगाउने अपेक्षा गरिएको छ ।
शोमा देखिने उद्यमीहरू जस्तै, टीभीएस अपाचे आरटीआर १६० एसई पनि सिमाना तोड्दै अघि बढ्न चाहने आत्मविश्वासी र जोसिला व्यक्तिहरूको लागि डिजाइन गरिएको हो । यसले आफ्नो सेग्मेन्टमा पहिलो पटक मल्टिपल राइड मोड्सको सुविधा ल्याएको बताइएको छ । टर्न–बाइ–टर्न नेभिगेसन, कल अलर्ट, फ्यूल डाटा, र अटो क्यान्सल इन्डिकेटर जस्ता फिचर आरटीआर १६० एसईमा समावेश छन् । १६० सिसीको फोर–भाल्भ, अइल–कुल्ड इन्जिनमा रेस डेराइभ्ड ओ३सी टेक्नोलोजी जडान गरिएको यस बाइकले चञ्चल पिकअप र स्पोर्टी परफरमेन्स दिने भएको छ ।
प्रतिक्रिया