Logo

बिजनेस होम

टाटाको ‘७.७ डिल्स लाइक नेभर विफोर’ अफर सार्वजनिक


GDP नेपाल
   १९ असार २०८२, बिहिबार


टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले “७.७ डिल्स लाइक नेभर विफोर” नामक विशेष अफर सार्वजनिक गरेको छ । असार १९ देखि २३ गतेसम्म (जुलाई ३ देखि ७ जुलाईसम्म) सञ्चालन हुने यो पाँचदिने कार्यक्रम अन्तर्गत ग्राहकहरूले पुराना गाडी साटेर नयाँ टाटा इभीहरूमा आकर्षक सुविधा पाउनेछन् ।


कार्यक्रम अन्तर्गत नेपालमा लोकप्रिय रहेका टियागो.इभी, पन्च.इभी, नेक्सन के ३.इभी र कभ.ईभी साटासाट (एक्सचेन्ज) तथा खरिद गर्न सकिनेछ । जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटाका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडी खरिद गर्दा ग्राहकहरूले विशेष लाभ लिन सक्नेछन् ।


यस अफरमार्फत, प्रत्येक गाडी खरिदमा एक जोडीका लागि थाइल्याण्ड भ्रमण प्याकेज, एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षको सवारी कर, एक्सेसोरिज, चार्जिङ बक्ससहितको जडान, एम्बोस्ड नम्बर प्लेट र वारेन्टी अवधिभर चार्जिङ सेवा जस्ता सुविधा निःशुल्क प्रदान गरिनेछ ।


साथै, कार्यक्रम अवधिभर नेपालभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुमहरूमा अवलोकन, टेस्ट ड्राइभ, बुकिङ र मूल्यांकनका क्रममा ग्राहकलाई आकर्षक उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । विशेषगरी, एक जना भाग्यशाली ग्राहकले बम्पर पुरस्कारस्वरूप थाईल्याण्ड ट्रिप जित्ने अवसर समेत पाउने छन् ।


सिप्रदी ट्रेडिङले विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहित गर्दै ग्राहक–मैत्री अफरहरू प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीका अनुसार, “७.७ डिल्स लाइक नेभर विफोर” कार्यक्रम उपभोक्ताको आवश्यकतालाई केन्द्रमा राखेर ल्याइएको हो, जसले विद्युतीय गाडी खरिदमा मूल्यवर्धन र सन्तुष्टि दिनेछ ।


टाटा मोटर्समा चासो राख्ने इच्छुक ग्राहकहरूलाई समयमै नजिकको शोरुममा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ, किनभने यो अफर सीमित अवधिसम्म मात्र लागू हुनेछ ।

प्रकाशित : १९ असार २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह