काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले १ लाख ४८ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के–कति सेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाइ आवेदन दिन सक्नेछन् ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया