Logo

राजनीति

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता


GDP नेपाल
   २० असार २०८२, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी ओली स्पेनको करिब एक साता लामो औपचारिक भ्रमणबाट स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत असार १४ गते स्पने भ्रमणमा गएका थिए । उनी आज शुक्रबार स्वदेश फिर्ता भएका हुन् ।

स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता गरेका थिए ।

यस्तै स्पेन सरकारका अध्यक्ष ९प्रधानमन्त्री० पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता,स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा।मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग उनको भेटवार्ता भएको थियो ।

बिहीबार उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गरेका थिए ।

प्रकाशित : २० असार २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह