Logo

कर्पोरेट-बजार

दक्षिण एसियाली रोजगारदाता मञ्चको बैठक चन्द्रागिरीमा


GDP Nepal
   १७ फाल्गुन २०७६, शनिबार


काठमाडौं । रोजगारदाताहरूको दक्षिण एसियाली मञ्चको नबौ बैठक शुक्रबारदेखि काठमाडौंमा शुरू भएको छ । काठमाडौंको चन्द्रागिरी रिसोर्टमा शुरू उक्त मञ्चको बैठकमा नेपाल सहित भारत, वंगलादेश, पाकिस्तान, श्रीलंकाका रोजगारदाता संगठनहरू, अन्तराष्ट्रिय श्रम संगठन आइएलओको नेपाल र दिल्ली कार्यालय र नेदरल्याण्ड रोजगारदाता सहयोग कार्यक्रमका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

बैठक नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यता, आईएलओ र डीइसीपीको सहयोगमा आयोजना भएको हो ।

बैठकलाई संवोधन गंर्दै नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद सभापति एवं महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सेफको नबौ बैंठक नेपालमा आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे । ढकालले आर्थिक एवं सामाजिक जीवनस्तरमा समेत समान अवस्था रहेको दक्षिण एशियाली क्षेत्रलाई आगामी दिनमा आर्थिक विकास, लगानी आकार्षणका हिसावले मुख्य गन्तव्यको रूपमा विकास गर्न संयुक्त सहकार्यमा जोड दिँदै यसको नेतृत्व निजी क्षेत्रले लिनुपर्ने बताए ।

सभापति ढकालले सेफ जस्तो मञ्चबाट यस क्षेत्रका रोजगारदाता संगठनहरूले अनुभव र आफ्नो देशमा संचालन गरिरहेका कार्यक्रमबाट लाभ लिनुका साथै यस क्षेत्रका देशले भोग्नु परिरहेका साझा समस्याको समाधान निकाल्न मदत पुग्ने विश्वास व्यक्त गरे ।

बैठकमा रोजगारदाता परिषद्का सहसभापति भरत आचार्य, महासंघका महानिर्देशक धरणीधर खतिवडा, आइएलओ नेपालका देशिय निर्देशक रिचार्ड हवार्ड, राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश शर्मा, आइएलओ दिल्लीका रविन्द्र पेरिसले पनि भाग लिइरहेका छन् ।

शनिबारसम्म चल्ने बैठकको अध्यक्षता सेफका वर्तमान अध्यक्ष मजिद अजिजले गरेका छन् भने बैठकमा गएको एक वर्षमा सेफले गरेका महत्वपूर्ण कार्यक्रम, राष्ट्रिय तथा क्षेत्रीय रूपमा श्रम रोजगारदाता सम्बन्धी नीति निर्माणमा रोजगारदाता संगठनहरूको भूमिका, सेफको आगामी अध्यक्ष चयन, रोजगारदाता संगठनहरूको गतिविधि, आइएलओ र डीईसीपी बीचको सहकार्य एवं भावी योजना तथा सेफको आगामी बैठक विषयमा छलफल तथा निर्णय हुने कार्यक्रम छ ।

प्रकाशित : १७ फाल्गुन २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह