Logo

बैंक / बिमा /शेयर

आइपीओ जारी गर्दै गर्जाङ उपत्यका हाइड्रो, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


GDP नेपाल
   २३ असार २०८२, सोमबार


काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले १० करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि ५० करोड रुपैयाँको जारी पूँजीको २० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर रु.१०० अंकित दरमा निष्कासन गर्ने तयारी गरेको हो।


यसका लागि गर्जाङ उपत्यका हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच सम्झौता सम्पन्न भएको छ। सम्झौतामा गर्जाङ उपत्यकाका अध्यक्ष अरुण कुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।


कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि क्रिया अघि बढाउने छ ।
गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले रामेछाप जिल्लामा रहेको २.८३ मेगावाट क्षमताको रन–अफ–दि–रिभर प्रकारको चके खोला जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ।

प्रकाशित : २३ असार २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह