काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले नेपालको रसुवा जिल्लामा रहेको १११ मेगावाटको रसुवागढी हाइड्रोपावर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
रसुवागढी हाइड्रोपावरमा क्षति पुग्दा यसबाट विद्युत उत्पादन बन्द भएको छ भने यसको सेयरमूल्य पनि ह्वात्तै घटेको छ ।
मंगलबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये प्रतिशतका आधारमा सबैभन्दा बढी ५.१२ प्रतिशतले घटेको रसुवागढी हाइड्रोपावरको सेयरमूल्यमा प्रत्तिकित्ता १८.९१ रुपैयाँले कमी आएको छ ।
जसअनुसार यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ३५० रुपैयाँ कायम रहेको छ ।
रसुवागढी हाइड्रोपावर चिलिमे जलविद्युत् कम्पनीको सहायका कम्पनी हो ।
बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा रहेको बाँधको एउटा गेट बाढीले बगाएको छ ।
यस जलविद्युत आयोजना अन्तर्गतको पुल समेत बगाएको छ भने आयोजनाको टेलरेसमा पनि गेग्रान थुप्रिएको प्राधिकरणले जनाएको छ ।










प्रतिक्रिया