Logo

Banner-news

एनआरएनएमा विवाद, महासचिवको पत्रपछि भट्टले छाडे भ्रमण वर्ष समिति नेतृत्व


GDP Nepal
   १७ फाल्गुन २०७६, शनिबार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव डा. हेमराज शर्माले भिजिट नेपाल २०२० विशेष समितिमा आफूखुसी सदस्य मनोनयन गरेपछि संघका संयोजक भवन भट्टले समितिको नेतृत्व छाडेका छन् । महासचिव शर्माले आइसीसीको निर्णय भन्दै संयोजक भट्टलाई पत्रको बोधार्थ दिँदै समितिमा आफूनिकट व्यक्तिहरु मनोनयन गरेका थिए ।

तर, समितिका अध्यक्ष भवन भट्टले आईसीसीले समितिका सदस्य छनोटमा हस्तक्षेप गरेको बताउंदै उक्त समितिको नेतृत्वमा नबस्ने जानकारी गराएका छन् । उनले महासचिव शर्मालाई सम्वोधन गर्दै पत्र पठाएर समतिमा आफू नबस्ने निर्णयको जानकारी गराएका हुन् ।

भट्टद्वारा महासचिवलाई प्रेषित पत्रमा आईसीसीले यसरी माइक्रोे लेवलमा हस्तक्षेप गर्नुलाई दुर्भाग्यपूर्ण भएको समेत उल्लेख गरेका छन् । यही कारणले आफूले समितिको अध्यक्ष पद अस्विकार गरेको पनि भट्टले उल्लेख गरेका छन् ।

अध्यक्ष कुमार पन्तले महासचिवको पत्र फिर्ता हुने भन्दै्र निवर्तमान अध्यक्ष भट्टलाई उक्त जिम्मेवारीमा फर्कन आग्रह गरे पनि भट्टले भने आफूले निर्णय गरिसकेकाले जिम्मेवारी नलिने तर भ्रमण वर्षको सफलताका लागि भने आफू सक्रिय भइरहने उल्लेख गरेका छन् ।

असोज अन्तिम साता निर्वाचित एनआरएनए आईसीसी एकपछि अर्को विवादमा पर्दै आइरहेको छ ।

प्रकाशित : १७ फाल्गुन २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह