Logo

कर्पोरेट-बजार

यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई


GDP नेपाल
   २५ असार २०८२, बुधबार


काठमाडौँ । यस वर्षको ’हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने भएको छ।

नेपाल जन–प्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा श्रेष्ठलाई न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गर्न लागिएको हो ।

असार २६ गते पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई अभिनन्दनपत्रसहित नगद दुई लाख रुपैयाँसहितको सम्मान अर्पण गरिनेछ ।
श्रेष्ठलाई पूर्वलोक सेवा आयोग अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित छनोट समितिले चयन गरेको हो । समितिमा सङ्घका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले, पूर्वसहसचिव जीवराज कोइराला र सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा रहेका छन् ।

प्रकाशित : २५ असार २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह