काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रिय बैंकका गभर्नर डा. विश्व पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
नयाँ मौद्रिक नीतिमार्फत केन्द्रिय बैंकले घर निर्माण वा खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा बढाएको छ । साथै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने कर्जाको सिमा पनि बढाएको छ।
न्यून र मध्यम आय भएका घर परिवारको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले बैंक तथा वित्तिय संस्थाहरुले कृषि फसल, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्यांक गरि १० लाखसम्म कृषि वा व्यवसाय कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिने पनि गभर्नरको भनाई छ ।










प्रतिक्रिया