Logo

कर्पोरेट-बजार

अर्घाखाँची सिमेन्टले नौं महिनामै गर्‍यो ३ अर्ब ९६ करोडको व्यापार


GDP नेपाल
   २९ असार २०८२, आइतबार


काठमाडौं । अर्घाखाँची सिमेन्टले नौं महिनामै ३ अर्ब ९६ करोड रुपैयाँको व्यापार गरेको छ । उद्योगले आर्थिक वर्ष २०२४/२५ को नौं महिनामा ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार उद्योगले सो बरारबको व्यापार गरेको पाइएको हो । यस कम्पनीले ४ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ गराएको हो ।

कम्पनीले सन् २०२४ मा ६ अर्ब ६ करोड ६० लाख, २०२३ मा ५ अर्ब ७७ करोड २० लाख, २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख र सन् २०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

तर, हाल आर्थिक मन्दीका कारण निर्माण कार्यहरु सुस्त भएको र सिमेन्ट उद्योगहरुको आन्तरिक रुपमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाका कारण विगतको तुलनामा व्यापार घटेको देखिएको हो । यो उद्योग सिद्धार्थ ग्रुप, केडिया अर्गनाइजेसन र मुरारका समूहजस्ता अनुभवी व्यावसायिक घरानाद्वारा सञ्चालित छ । उद्योग सञ्चालकहरु निर्माण, व्यापार, बैंकिङ, बिमालगायतका क्षेत्रमा लामो समय अनुभव सँगालेका व्यक्ति तथा संस्था हुन् ।

अर्घाखाँची सिमेन्टमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया अर्गानाइजेसनको १७.५ प्रतिशत र भारतीय सिमेन्ट उद्योग उम्मा सिमेन्ट इन्टरनेसनलको १७.५ प्रतिशत सेयर स्वामित्व छ । उद्योगले प्रतिवर्ष १ मिलियन टन क्लिंकर र सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।

प्रकाशित : २९ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह