कोरोनाभाइरस (कोभिड १९) भाइरस मुख्यत तीन तत्वहरूः आरएनए, प्रोटिन र लिपिड (एक प्रकारको बोसो) मिलेर बनेको सुक्ष्म कण (एक इन्चलाइ दशलाखले भाग गर्दा जति आउँछ लगभग त्यत्रो साइजको) हो । यसको वाहिर आवरणमा लिपिड हुन्छ ।
आरएनएले भाइरसको अनुवंश (जीन) प्रसारित गर्दछ, जसरी मानिस वा अन्य जनावरहरूमा डिएनएले गर्दछ । प्रोटिनले मानिस वा अन्य जनावरमा यसलाइ सार्न (हाम्रो भाषामा भन्दा संक्रमित गर्न मद्दत गर्दछ) । यसको प्रोट्रिन क्राउन (मुकुट) आकारको हुने भएकोले यसलाइ कोरोना भाइरस भनिएको रहेछ ।
लिपिड अर्थात वोसो यसको सुरक्षा कबच भइहाल्यो, हाम्रो छाला जस्तो । हामीले मासु खाँदा हातमा लागेको वोसो पखाल्न सावुनको प्रयोग गर्छौं । सावुनमा भएको रसायनले वोसोको अणुलाइ ध्वस्त गर्छ र हातमा लागेको वोसो जान्छ र हात सफा हुन्छ ।
हो, त्यसरी नै सावुन पानीले हात धुँदा कोरोनाभाइरसको वाहिरको वोसोले बनेको आवरण ध्वस्त हुन्छ (यदि तपाइको हातमा कोरोनाभाइरस कतैबाट आएर बसेको छ भने) र कोरोना भइरसको त्यो सुक्ष्म कण निस्प्रभावी बन्छ, मर्छ ।
त्यसैकारण स्वास्थकर्मीरविज्ञहरूले सावुन पानीले हात धुनु भनेका रहेछन् । रक्सी (अल्कोहल) भएका सेनिटाइजरहरूले पनि यस्तै काम गर्छ तर सावुन जतिको प्रभावकारी हुँदैन त्यसैले सावुन उपलब्ध छ र प्रयोग गर्न मिल्छ भने सावुन नै उत्तम हो । सावुन पानीले हात धुने वानी वसालौं ।
जव यो भाइरसले हाम्रो शरिरमा आक्रमण गर्दछ । तव यसको आरएनएले हाम्रो शरिरको कोषलाइ स्वतन्त्र रूपमा काम गर्न दिदैंन र भाइरसले भनेको अनुसार काम गर्न लगाउँछ । जसरी कम्प्युटरमा भाइरस पस्यो भने हामीलाइ एउटा वेभसाइट टाइप गर्दा अर्कै वा अस्लिल साइटमा लग्छ ।
त्यसरी कोरोना भाइरस मानिसको शरिरमा पस्यो भने हाम्रो शरिरको कोषलाइ यसले नियन्त्रण गरेर उसले भनेको जस्तो काम गराउँछ । त्यसरी भाइरसले हाम्रो सरिरमा थुप्रै कोरना भाइरसको सन्तान उत्पादन गरिदिन्छ त्यसको लागि हाम्रो कोषमा भएको वोसो र प्रोटिनले सहयोग गर्छ ।
त्यसका सन्तानहरू हाम्रो सरिरको विभिन्न भागहरू मा प्रसारण हुन्छ । फोक्सोमा पुग्छ र फोक्सोबाट श्र्वास फेर्दा वा हाछिँउ गर्दा त्यो भाइरस रोगीको शरिरबाट वाहिर आउँछ । त्यसैले हामीलाइ मास्क लगाउन भनिएको हो । त्यो अरूलाइ नसारोस् भन्नको लागि ।
म कुनै भाइरोलोजिष्ट वा सक्रमण विज्ञ होइन, यसबारे सुचनाहरू पढ्दै जाँदा मैले भेटेकोरपढेको कुराहरूलाइ यहाँ राखेको मात्रै हो । विषेश गरि न्यूसाउथवेल्स विश्वविद्यालयका प्राध्यपक पाल थोन्डरसनको टुइटरबाट लिएका कुराहरू उपयोगी ठानेर ।
डा. श्रेष्ठको ट्वीटर @uttambabu बाट साभार
प्रतिक्रिया