Logo

अर्थनीति

पौने ३ खर्बको निर्यातमा ४४ प्रतिशत हिस्सा खानेतेलको: भटमासको तेल निर्यात नै खर्ब नाघ्यो


gdpnepal
   ७ श्रावण २०८२, मंगलबार


काठमाडौं । गत आर्थिक वर्ष (२०८१/८२)मा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँको निर्यात गरेको छ ।

नेपालको वार्षिक निर्यात तीन वर्षअघि २ खर्ब कटे पनि एकै वर्ष निर्यातबाट झन्डै पौने ३ करोड रुपैयाँ आम्दानी भएको यो पहिलो हो ।

निर्यातमा ऐतिहासिक रेकर्ड कायम भए पनि मूल्य अभिवृद्धिजन्य वस्तुको निकासी वृद्धिदर खासै उत्साहजनक छैन । बरु तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी भारत निकासी भएको भटमासको तेलसहित सनफ्लावर तेल र पाम तेलको निर्यात अस्वाभाविक रुपमा वृद्धि हुँदा निकासी व्याापार बढेको हो ।

कूल निर्यातमा यी वस्तुको हिस्सा ह्वात्तै बढेको छ । अर्थात २ खर्ब ७७ अर्बको निकासीमा ४३.८६ प्रतिशत अर्थात १ खर्ब २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको खानेतेल निकासी भएको छ ।

यसमध्ये भटमासको तेलको निकासी मात्र खर्ब नाघेको छ । एक वर्षमा १ खर्ब ६ अर्ब ७९ करोडको भटमासको तेल निकासी हुँदा १२ अर्ब ३२ करोडको सनफ्लावर तेल निकासी भएको छ ।

 

प्रकाशित : ७ श्रावण २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह