Logo

बिजनेस होम

मनसुनी वायुको प्रभाव कमजोर: तराईमा खडेरी


gdpnepal
   ९ श्रावण २०८२, बिहिबार


काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ, जसका कारण धेरै स्थानमा वर्षा हुन सकेको छैन । 

तराईका कतिपय स्थान अझै पनि खडरीमा छन् । 

यद्यपि, देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाडौंमा पनि आज दिउँसो वर्षा हुने सम्भावना छ। मौसमविदका अनुसार आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी प्रदेशका पहाड र तराई साथै मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

 

प्रकाशित : ९ श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह