काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले ७८ करोड ६ लाख ६८ हजार रुपैयाँ बराबरको कर रकम ठूला करदाताहरू कार्यालयमा जम्मा गरेको जनाएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पत्र पठाउँदै ठूला करदाता कार्यालयमा करसम्बन्धी सेटलमेन्ट (समायोजन) बापत यो रकम जम्मा गरिएको जनाएको छ ।
करसम्बन्धी सेटलमेन्टको आधिकारिक रसिद २०८२ साउन ६ गते (२२ जुलाई २०२५) मा प्राप्त भएको उल्लेख गरिएको छ ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम २६(५) र धितोपत्र सूचीकृत विनियमावली, २०७५ को नियम २२(१) बमोजिम करसम्बन्धी सेटलमेन्ट (समायोजन) सम्बन्धमा विशेष घटना प्रतिवेदन पेश गरेको बोटलर्स तराईले जनाएको छ ।
यसको जानकारी सीडीएस तथा क्लियरिङ लिमिटेडलाई पनि गराइएको छ ।










प्रतिक्रिया