Logo

बैंक / बिमा /शेयर

राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नोट छाप्न टेन्डर आह्वान


GDP नेपाल
   १० श्रावण २०८२, शुक्रबार


काठमाडौँ । राष्ट्र बैंकले ५० रूपैयाँको ४२ करोड वटा नोट छाप्न बोलकबोल आह्वान गरेको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै ती नोट सुरक्षित तवरले छाप्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो।

राष्ट्र बैंकले २९ फागुन २०८१ मा प्राविधिक प्रस्तावमा पूर्व योग्यता पूरा गरेको कम्पनीकोहरुको लागि सिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बोलपत्रको कागजात भदौ २३ गते सम्म खरिद गर्न एक सय १४६ डलर (२० हजार रूपैयाँ), यूरो १२६ र पाउण्ड १०९ निर्धारण गरिएको छ भने धितोको रूपमा चार करोड राख्नुपर्ने बैंकले जनाएको छ ।

बोलपत्र दस्तावेज खरिद गर्ने कम्पनीले उक्त रकम राष्ट्र बैंकको थापाथली खातामा जम्मा गर्नुपर्नेछ। बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य रहनेछ र न्यूनतम ४ करोड रुपैयाँको बैंक जमानतपत्र पनि संलग्न गर्नुपर्ने उल्लेख छ।

प्रकाशित : १० श्रावण २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह